२७ मंसिर २०८१, बिहीबार

२२ वर्षीया युवती वडा सभापति चयन




वडा सभापति चयन भएकी जानकी रावल । तस्बिरः फेसबुकबाट

अछाम / नेपाली काँग्रेस वडा अधिवेशनको क्रममा मंगलसेनमा २२ वर्षीया महिला वडा सभापति चयन भएकी छन् ।

मंगलसेन नगरपालिका–११ खिमाडाकी २२ वर्षीया जानकी रावल (भण्डारी) वडा सभापति चयन भएकी स्थानीय डबलबहादुर भण्डारीले जानकारी दिए । तीन पुरुषसहित जानकीले वडा सभापतिमा दाबी गरेपछि सहमतीबाट रावल सभापति भएकी हुन ।

महिला सभापतिको नेतृत्वको २९ जनाको सो वडा कार्यसमिति चयन भएको छ । १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट अछाममा सबैभन्दा कम उमेरमा महिला वडा सभापति चयन हुनेमा जानकी रहेको बताइएको छ । यस्तै साँफेबगर नगरपालिका–१० घुगुरकोटका २५ वर्षीय युवक हेमराज खड्का काँग्रेसको वडा सभापति चयन भएका छन् ।

नेपाली काँग्रेसले अछामका १० स्थानीय तहका ९१ वडाका अधिकाँस वडामा नयाँ कार्यसमिति चयन गरेको बताइएको छ । केही वडामा शनिबार नयाँ कार्यसमिति चयन गर्ने नेपाली काँग्रेस अछामले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार