४ बैशाख २०८१, मंगलवार

सुदूरपश्चिममा कोरोना : शनिबार २६ जना संक्रमित थपिए



धनगढी / धनगढी स्थित सेती प्रादेशकि अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार शनिबार अस्पतालमा १ सय २४ जनाको पिसिआर परिक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

सूचना अधिकारी श्रेष्ठका अनुसार शनिबार अस्पतालमा उपचाररत ४ जना कोरोना निको भएर घर गएका छन् ।

हाल सेती अस्पतालमा १४ जना कोरोना संक्रमितको उपचार भइरहेकोमा ४ जनालाई आइसियु र २ जनालाई भेण्टिलेटर कक्षमा राखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार