१ चैत्र २०८२, आईतवार

पत्रकार शाहीद्वारा तेजु स्मृतिकोषमा सहयोग




धनगढी /
डोटीका पत्रकार रामचन्द्र शाहीले आफ्नो जन्मदिनको अवसरमा तेजु स्मृति अक्षय कोषमा आर्थिक सहयोग गरेका छन्।

नेपाल प्रेस युनियनका पार्षद समेत रहेका पत्रकार शाहीले तेजु स्मृति अक्षय कोषमा १० हजार एक सय ११ रुपैयाँ सहयोग गरेको बताए ।

नेपाल प्रेस युनियन डोटी शाखाले बाजुराको बुढीनन्दा क्षेत्रबाट वेपत्ता भएका तेजबहादुर खड्का तेजुको स्मृतिमा अक्षय कोष स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार