११ बैशाख २०८१, मंगलवार

प्रेमगन्जको एउटै गीतमा ३० लाख खर्च



धनगढी / २५ वर्षदेखि स्पोटब्वाइमा काम गर्दै आईरहेका राजु फुयालको प्रस्तुतिमा निर्माण भैरहेको चलचित्र “प्रेमगन्ज“ को एउटै गीतमा ३० लाख लगानी भएको छ ।

यो खर्च सुटिङको खर्च मात्र हो । अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख पर्ने सम्भावना छ । कलरको काम इन्डियामा हुने भएकोले यो गितमा मात्रै ४० लाख लगानी पुग्ने सम्भावना देखिएको हो ।

फरेनहाईट क्लबमा तीन दिन छायांकन भएको यो गीतमा नायिका बेनिसा हमाल, सन्जोग रसाइली संगै अन्य एकहजार जना झुमेका थिए । गितको कोरियोग्राफी वाईल्डरिपर्ज ले गरेको हो ।

दीक्षा थापाको स्वरमा रहेको यो क्लब गितलाई उ “जितेर गई या हारेर गई“ फेम्ड लेखक पुरुस्वत्तम ढुङ्गेलले लेखेका हुन भने किरण भुसालले संगीत भरेका छन ।

पहिलो लकडाउन पछि सुरु भएको चलचित्रको छायांकन दोश्रो लकडाउन सङै रोकिएको थियो । अहिले कडाउन केही लुज भए संगै चलचित्रको छायांकन धमाधम भइरहेको छ । चलचित्रको सम्पूर्ण टिमलाई कोरोना खोपको सुबिधा सहित होटेलमा राखिएको छ । चलचित्र यूनिट सुरक्षित होस भनेरै सम्पूर्ण युनिटलाई एकै स्थानमा राखेर काम गरिएको हो ।

परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्र लाई सन्जय लामाले छायांकन गरिरहेका छ्न भने चलचित्रको कार्यकारी भूमिकामा अनन्तमान श्रेष्ठ छ्न । “प्रेमगन्ज“ चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार