१० श्रावण २०८१, बिहीबार

नाजिङगाडमा सेनाले बनायो, काठेपुल



दार्चुला / दार्चुला सदरमुकाम खलंगासँग दुहुँ गाउँपालिका र व्याँस गाउँपालिकाको सम्बन्ध विच्छेद भएपछि नाजिङगाडमा नेपाली सेनाले अस्थायी काठेपुल बनाएको छ ।

आइतबार राती आएको बाढीले मोटरेवल पूल बगाउँदा स्थानीयलाई आवतजावत कठिनाई भएपछि सेनाले अस्थायी काठे पुल बनाएको हो ।
नेपाली सेनाको गुरुगोरखदल गुल्म र स्थानीयको सहयोगमा मंगलबार अस्थायी काठेपुल निर्माण गरेको जनाएको छ । पुल बनेपछि आवतजावतमा सहज भएको छ ।

आईतबार राति आएको बाढीले जिल्लामा रहेको अपि पावर कम्पनीले निर्माण गरिरहेको माथिल्लो चमेलियाको ड्याम साइडमा चमेलिया नदीले क्षति पुगाएको छ । निर्माणाधीन ४० मेगावट क्षमताको जलविद्युतको ड्याम क्षेत्रमा बाढीले क्षति पुगाएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अपि गाउँपालिकाको ओखल नजिकै निर्माण भइरहेको ड्याम क्षेत्रमा पूरै बालुवा माटो भरिएको छ । यस्तै निर्माणस्थलमा रहेका स्काभेटर, टयाक्टर, र निर्माण सामग्रीमा क्षति पुगेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार