१० श्रावण २०८१, बिहीबार

कैलाली काँग्रेसको वडा अधिवेशन स्थगित



धनगढी / नेपाली काँग्रेस, कैलालीले सूचना जारी गरेर वडा स्तरको अधिवेशन स्थगित गरेको छ।

भदौ १८ गते हुने भनिएको वडा स्तरको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो।

अहिलेसम्म पनि क्रियाशिल सदस्यको नामावली उपलब्ध नभएको भन्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि वडा स्तरको अधिवेशन स्थगित भएको जानकारी जिल्ला उपसभापति प्रकाश वमले बताउनुभयो ।

उपसभापति वमका अनुसार जिल्ला कार्य समितिबाट निर्णय गर्दै २२ गते वडासम्म अधिवेशन गर्ने प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार