७ बैशाख २०८१, शुक्रबार

गड्डाचौकी नाकामै खोप लगाउन थालियो



कञ्चनपुर / भारतबाट फर्किने नेपालीलाई कञ्चनपुरको गड्डाचौकी नाकामै खोप लगाउन थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले कञ्चनपुरले भारतबाट फर्कने नेपालीलाइ कोरोनाको अस्ट्राजेनेकाको खोप लगाउन लागेको हो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले पहिलो डोज नाकामा लगाएकाहरूलाई दोस्रो डोज सम्बन्धित पालिकामै लगाइने बताए ।

गड्डाचौकी नाकाबाट अहिले दैनिक दुई/अढाई सय जना भित्रिने गरेका छन । तीमध्ये अधिकांश भारतमै खोप लगाएर आउने भएकाले नाकामा खोप लगाउने संख्या दैनिक एक सयको हाराहारीमा छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबारसम्म गड्डाचौकी नाकामा ३७५ जनालाई अस्ट्राजेनेकाको खोप लगाइएको छ । गत बिहीबारदेखि खोप दिन सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार