प्रदेश सरकारलाई स्वास्थ्य सामग्री सहयोग
धनगढी / सुदूरपश्चिम प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले एक करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
प्रतिष्ठानले अमेरिकामा विभिन्न संस्थाहरूसँग पहल गरी प्राप्त भएको स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरिन् ।
प्रदेश सरकारलाई आइसोलेसन गाउन, फेसशिल्ड, मास्क, डिजिटल थर्मोमिटर, पीपीई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जा लगायतका सामग्री सहयोग गरिएको छ ।
सो अवसरमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले तेस्रो चरणको कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि आवश्यक तयारी गरिरहेको बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव रघुराम बिष्टले तेस्रो चरणको कोरोना महामारीसंग जुध्न धनगढी, टीकापु र कञ्चनपुरमा बालबालिकालाई लक्षित गरी अस्पतालमा बेडहरूको प्रबन्ध भइरहेको बताए ।




