बलात्कारको आरोपमा एक पक्राउ

धनगढी / कञ्चनपुरमा बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोपमा लालझाडी गाउपालिका वडा नम्बर ४ जाईका एक जना १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ती युवककोे परिचय हाल गोप्य राखेको छ । बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि शनिबार ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट बन्बासाबाट खटिएको प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।
अहिले किशोरमाथी छन्विन भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यता, कैलालीको गोदावरी नगरपालिकाबाट एक सय ग्राम चरेश सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका वडा नम्बर २ रिङरोडका २० वर्षीय भुबन खड्कालाई शनिबार चरेश सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका खड्काले आफ्नै घरमा घरेलु हतियार प्रयोग गरी झ्यालको सिसा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।




