२५ मंसिर २०८१, मंगलवार

गौरामा सार्वजनिक विदा




धनगढी / सरकारले सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक, सांस्कृतिक पर्व गौराको अवसरमा भदौ १४ गते सार्वजनिक बिदा दिएको छ ।

संघीय सरकारले राजपत्रमा प्रकाशित सूचनाअनुसार १४ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको छ । गौराको अवसरमा सुदूरपश्चिम प्रदेशमा मात्रै बिदा दिएको संघीय सरकारले सोही दिन श्रीकृष्ण जन्माष्टमी पर्व पनि परेपछि देशभरी नै बिदा दिने निर्णय गरेको बताइएको छ । प्रदेश सरकारले भने गौरा पर्वमा छुट्टै बिदा दिएको छैन ।

सुदूरपश्चिम प्रदेश सरकारले २०७८ सालमा ६ दिन सार्वजनिक बिदा दिएको छ । २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो ।

प्रदेश सरकारको निर्णयअनुसार भदौ १४ गते कृष्णजन्माष्टमी पर्व, भदौ २७ गते अटबारी पर्व (कैलाली र कञ्चनपुर), असोज ३१ गते (दशैँको थप एक दिन), पुस १८ गते भुवा पर्व (अछाम, बाजुरा र बझाङ), माघ २ गते (माघीको थप एक दिन) र चैत ११ गते खखडेहरा पर्व (कैलाली र कञ्चनपुर) मा सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार