१० श्रावण २०८१, बिहीबार

सेनिटाइजर सेवनका कारण एकको मृत्यु



धनगढी/ कैलालीमा सेनिटाइजर सेवन गरेका कारण एक जनाको मृत्यु भएको छ ।

गत ९ गते सेनिटाइजर सेवन गरेका धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का टीकाराम बराइलीको उपचारका क्रममा शुुक्रबार मृत्युु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुुसार सेनिटाइजर सेवन गरेपछि टीकारामको स्वास्थ्य बिग्रेपछि उनको स्थानीय एक मेडिकलमा उपचार भएको थियो ।

सामान्य उपचारपछि घर फर्किएका टीकारामको स्वास्थ्य अवस्था गम्भीर भएपछि शुक्रबार राती नै धनगढीस्थित निसर्ग अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार