७ पुष २०८२, सोमबार

महिला संघ क्रान्तिकारीको गाउपालिका सम्मेलन



धनगढी / नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को कैलारी गाउँपालिका स्तरीय सम्मेलन शनिबार हसुलियामा भएको छ ।

भेलाको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरमान चौधरीले उद्घाटन गरेका थिए । भेला फूलकुमारी चौधरीको अध्यक्षतामा भएको थियो ।

सम्मेलनमा माओवादी केन्द्रका प्रदेश सदस्य लाजुराम चौधरी, अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य विनिता चौधरी र केन्द्रीय सदस्य सरु चौधरी, जिल्ला सचिव ममता चलाउने र नेकपा माओवादी केन्द्रका कैलारी गाउँपालिका अध्यक्ष बतासु चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्मेलनले लक्ष्मी सत्गौंवाको अध्यक्षतामा ८१ सदस्यीय गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ ।

समितिको उपाध्यक्षमा फूलकुमारी चौधरी, विष्णुदेवी चौधरी र सर्मिला विक चयन भएका छन् ।

त्यसैगरी, सचिवमा भागरथी चौधरी र कोषाध्यक्षमा लक्ष्मी चौधरी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार