१० श्रावण २०८१, बिहीबार

मोहना नदीमा एक युवक वेपत्ता



धनगढी / धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडा“डीका एक युवक मोहना नदीमा वेपत्ता भएका छन ।

शुक्रबार साझ कञ्चनपुरको राजघाटबाट धनगढी आउने क्रममा बोराडाडीका २८ वर्षीय पुरन राना मोहना नदीमा वेपत्ता भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले रातीदेखि नै वेपत्ता पुरनको खोजी कार्य शुरु गरिएको थियो । उनको पत्ता नलागेपछि शनिबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार