१० श्रावण २०८१, बिहीबार

भीरबाट लडेका युवा संघ नेताको मृत्यु



बैतडी / भिरबाट लडेर गम्भीर घाइते भएका युवा संघ नेपाल बैतडीका सदस्य विजय भाटको उपचारको क्रममा मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका– ५ दमरखोली घर भएका ३० वर्षीय भाटको उपचारको क्रममा शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको हो ।

बिहीबार साँझ सदरमुकामबाट घर फर्कने क्रममा कलुवाड मोडबाट लडेर भाट घाइते भएकाथिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

मृतक भाटका एक वर्षका छोरा र २२ वर्षकी श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार