११ पुष २०८१, बिहीबार

छाडा पशुचौपायका कारण किसान हैरान



धनगढी / कैलालीमा छाडा पुशचौपायाले बालीनाली सखाप पार्न थालेपछि किसान हैरान भएका छन् ।

छाडापशुचौपायको उचित व्यवस्थापन नहुदा किसानहरूले हरेक वर्ष बालीनालीको नोक्सानी बेहोर्नु परिरहेको छ ।

यसैबीच, शुक्रबार पशुचौपाया नियन्त्रण गर्न दबाब दिदै अत्तरियामा स्थानीयहरूले प्रदर्शन गरेका छन । प्रदर्शनको अगुवाई थ्रि डिभिएल क्रियशन नामक संस्थाले गरेको थियो ।

सांकेतिक आन्दोलनस्वरूप पशु चौपायासहितको प्रदर्शन गरिएको प्रदर्शनकारीहरूले बताएका छन् । कैलालीमा गौशाला निर्माण गरिएको भए पनि छाडा पशु चौपाय नियन्त्रण हुन सकेको अवस्था छैन ।

स्थानीय पालिकाहरूले छाडा चौपायाको व्यवस्थापनका लागि लाखौं रकम खर्च गरेपनि त्यसको उचित व्यवस्थापन भने हुन सकेको छैन ।

रातिको समयमा छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै यसअघि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले छाडा चौपायाको घाँटीमा रिफ्लेक्टीभ बेल्ट लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार