१० श्रावण २०८१, बिहीबार

महिला नेतृत्वसम्बन्धी पुनर्ताजगी तालिम



धनगढी / निर्वाचित महिला जनप्रतिनिधिहरूका लागि धनगढीमा सञ्चालित महिला नेतृत्व पुनर्ताजगी तालिम बुधबार समापन भएको छ ।


यूएन वुमनको आर्थिक सहयोगमा तथा जुरी नेपाल र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा सो तालिम सञ्चालन भएको थियो ।

तालिममा कैलालीका तीन स्थानीय तहका २९ जना महिला जनप्रतिनिधीहरूहरूको सहभागिता रहेको थियो ।

तालिममा सामुदायिक विकास अधिकृत प्रकाश पौडेल, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, कैलालीका अध्यक्ष चक्र विक, देविका केसी र वेद लामिछाने लगायतले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार