९ फाल्गुन २०८०, बुधबार

नेकपा (एकीकृत समाजवादी)का पदाधिकारीको टुंगो राष्ट्रिय सम्मेलनबाट



काठमाडौं / माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तत्काल पदाधिकारी चयन नगर्ने भएको छ । चन्द्रागिरि रिसोर्टमा भएकाे नेपाल समूहको बैठकले राष्ट्रिय सम्मेलनबाट पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको हो । यद्यपि पदाधिकारीको संख्या भने १७ जना राख्ने तय भएको छ ।  

दलको विधानलाई अन्तिम रुप दिएपछि मात्रै राष्ट्रिय सम्मेलन गरेर पदाधिकारी टुंगो लगाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकले पार्टी दर्ता छिटोमा बिहीवार र ढिलोमा आइतवारसम्म टुंगो लगाउने निष्कर्ष पनि निकालेको छ ।

त्यसैगरी दर्ता भएको एक सातामा राष्ट्रिय भेला गर्ने बैठको निर्णय छ । समाजवादीले पार्टीको विधानमा बहुपदीय संरचनालाई निरन्तरता दिने उल्लेख छ ।

बैठकमा एमालेमा ६० जना केन्द्रीय सदस्य र ३२ सांसद  सहभागी भएको समाजवादीका नेताले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार