१० श्रावण २०८१, बिहीबार

ट्रकको ठक्करबाट कैलालीमा पैदल यात्रीको घटनास्थलमै मृत्यु



धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मंगलबार जिल्लाको गौरिगंगा नगरपालिका ४ का ४० बर्षका मानसिहँ गुर्धामीको ट्रकको ठक्करबाट घटना स्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरिक्षक गणेशराज उप्रेतीले जानकारी दिए ।

उनका अनुसार पुर्वबाट पश्चिमतर्फ आईरहेको उदयपुर हर्जेनी गाँउपालिका ३ बस्ने ३८ बर्षका टेकराज खत्रीले चलाएको ग १ ख ६४४१ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जनाएको छ । अहिले ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक घटनाबारे अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार