१० श्रावण २०८१, बिहीबार

बलात्कारका घटनामा बृद्धि




काठमाडौं / गत साउन महिनामा देशभरी २० जना महिला बलात्कृत भएका छन् । सो अवधिमा पाच जना महिलामाथि बलात्कार प्रयास भएको तथ्यांकमा उल्लेख छ ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले देशभरी गरेको अनुगमनका क्रममा साउन महिनामा विभिन्न घटनामा ३९ जना महिला पीडित भएको उल्लेख गरेको छ ।

सो अवधिमा यौन दुव्र्यवहारका घटनामा तीन जना, जबर्जस्ती यौन कार्यमा लगाएको घटनामा एक जना, एसिड प्रहारका घटनामा एक जना, बेचबिखन घटनामा चार जना तथा ‘बोक्सी’ आरोपको घटनामा एक जना र घरेलु हिंसाका घटनामा तीन जना महिला पीडित भएको इन्सेकले जनाएको छ ।

साउन महिनामा एक सय आठ जना महिला र ३४ जना पुरुष गरी एक सय ४२ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको पनि इन्सेकले जनाएको छ । सो अवधिमा राज्य पक्षबाट चार जना र अन्य पक्षबाट एक सय ३८ जना पीडित भएका इन्सेकको अनुगमन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार प्रदेश २ मा ४९, प्रदेश १ मा २५ जना, लुम्बिनी प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा १७ जना, कर्णाली प्रदेशमा १५, बागमती र सुदूरपश्चिम प्रदेशमा ६/६ जना पीडित भएका छन् ।

साउनमा पत्नी हत्याका नौ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको एक, हिरासतमा मृत्युका दुई, एक मानव अधिकार रक्षकसहित नौ जनालाई कुटपिट गरिएको, जातीय विभेदका घटना तीन, पुरुषलाई गरिएको यौन दुव्र्यवहारको घटनामा एक र १५ घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, बाल अधिकार उल्लंघनका ५१ घटना भएको प्रवितेदनमा उल्लेख छ । अभिलेखित घटनामध्ये बलात्कार ३९, यौन दुव्र्यवहार १०, बेचबिखन एक र बेचबिखन प्रयासको घटना एक भएको इन्सेकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार