एमालेको विरोध प्रदर्शन
धनगढी / नेपाल कम्युनिष्ट पार्टी एमाले गोदावरी नगर कमिटीले अत्तरियामा विरोध प्रदर्शन गरेको छ ।
सरकारले भूमि आयोग खारेज गर्नुका साथै दल सम्बन्धि अध्यादेश ल्याएको विरुद्धमा एमालेले विरोध प्रदर्शन गरेको जनाएको छ ।
विरोध प्रदर्शनपछि कोणसभामा एमाले गोदावरी नगर कमिटी अध्यक्ष गोकर्ण भट्टले भने– यो सरकारबाट सुकुम्बासी, भूमिहीनको समस्या समाधान गर्न सक्दैन ।
कार्यक्रममा एमाले नगर सचिव आनन्द भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।