१० श्रावण २०८१, बिहीबार

अफगानिस्तानमा रहेका कञ्चनपुरका नागरिकको विवरण संकलन गरिदै



कञ्चनपुर / जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अफगानिस्तानमा रहेका कञ्चनपुरका नागरिकको विवरण संकलन गर्न थालेको छ ।

अफगानिस्तानमा रहेका नागरिकको उद्दार गर्ने सरकारको निर्णयानुसार नागरिकको विवरण संकलन गर्न थालिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णानन्द जोशीले जानकारी दिए ।

अफगानिस्तानमा रहेका नागरिकको विवरण पठाउन जिल्लाका सबै स्थानीय तहहरूलाई पत्राचार समेत गरिएको जनाएको छ । स्थानीय तहबाट प्राप्त भएको विवरण गृहमन्त्रालयमा पठाइने प्रशासनले जनाएको छ ।

पछिल्लो समय अफगानिस्तानमा विकसित भएका राजनीतिक घटनाक्रममका कारण त्यहाँ रहेका लाखौ नेपालीहरू अलपत्र परेका छन् ।

त्यहाँ रहेका नेपालीलाई उद्धार गर्नको लागि गृह मन्त्रालयले सवै जिल्लाहरूलाई विवरण पठाउन भनेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार