१० श्रावण २०८१, बिहीबार

जयपृथ्वीवहादुर सिंहको १४५ औ जन्म जयन्तीमा चार जना पत्रकार सम्मानित




बझाङ / मानवतावादी राजा जयपृथ्वीवहादुर सिंहको १४५ औ जन्म जयन्तीको अवसरमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले आयोजना गरेको कार्यक्रममा चार जना पत्रकार सम्मानित भएका छन् ।

बझाङ शाखाद्धारा सोमबार आयोजित जयपृथ्वी र मानवता विषयक विचार गोष्ठी तथा पत्रकार सम्मान कार्यक्रममा जिल्लामा लामो समयदेखि क्रियासिल चार जनालाई नगद सहित पुरस्कृत गरेको हो ।

सो अवसरमा मानवतावादी व्यक्तित्व जयपृथ्वीवहादुर सिंहको नामबाट स्थापना गरेको जयपृथ्वी पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो प्रसारक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा नागरिक दैनिकका पत्रकार जगत खड्कालाई नगद दश हजार रुपियाँ सहित सम्मान गरिएको छ ।

यस्तैगरेर नेपाल पत्रकार महासंघ बझाङ शाखाका पूर्व सचिव स्वर्गिय नरेश खड्काको सम्झनामा स्थापना भएको नरेश स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कारबाट कान्तिपुर दैनिकका पत्रकार वसन्तप्रताप सिंह, साइपाल एफएमकी पत्रकार विना रोकाया र रेडियो थलाराका पत्रकार पदम खड्कालाई पुरस्कृत गरिएको छ ।

सो अवसरमा सामुयिक रेडियो साइपाल एफएमलाई समेत सम्मान पत्र दिइएको थियो । कार्यक्रममा दुर्घटनामा परेर मृत्यू भएका पत्रकार महासंघ बझाङ शाखाका पूर्व सचिव नरेश खड्काकी धर्मपत्नीलाई आर्थिक सहयोग सहित सम्मान गरिएको छ ।

विचार गोष्ठीमा गोरखापत्रको संस्थापक समेत रहेका मानवतावादी राजा जयपृथ्वीवहादुर सिंहको योगदान र मार्गदर्शनको बारेमा समेत चर्चा गरेका थिए ।

विचार गोष्ठीमा बोल्ने अधिकाशं वक्ताहरुले जयपृथ्वीवहादुर सिंहलाई राज्यले विर्सेको समेत आरोप लगाएका थिए । लामो समयदेखि जयपृथ्वीवहादुर सिंह बारेमा अध्ययन गरिरहनु भएका स्थानीय विष्णुभक्त जोशी (शास्त्री) भने, बझाङ्गी राजा जयपृथ्वीवहादुर सिंहले गर्नु भएको योगदानका बारेमा राज्य उदासिन भएको छ ।

जयपृथ्वीवहादुर सिंहले गरेका योगदान भन्दा कम योगदान भएकालाई राष्ट्रिय विभूती घोषणा गरेको भए पनि पटकपटक राष्ट्रिय विभुती घोषणाका लागि माग गरेको भएपनि सुनुवाई हुन सकेको छैन् ।

उनले भने,उहाँले लेख्नु भएका पुस्तक र विचारहरुलाई मात्र अगाल्न सकेको खण्डमा उहाँप्रति श्रद्धा हुन्छ । जयपृथ्वीबहादुर सिंहको जन्म जयन्तीको अवसर पारेर जयपृथ्वी वहुमुखी क्याम्पस र जयपृथ्वी रेडियोले समेत विभिन्न कार्यक्रमको आयोजना गरेर जन्म जयन्ती मनाएको छ ।

महासंघका जिल्ला अध्यक्ष शैलेन्द्रकुमार रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक खड्का खड्का र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावल लगायतले चारै जना पत्रकारलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार