१० श्रावण २०८१, बिहीबार

बड्का अटवारी पर्व



अटवारी पर्व
फाइल तस्बिर

धनगढी / थारु समुदायले रैब अर्थात बड्का अटवारी पर्व मनाउदैछन् । हरेक वर्ष भदाै शुक्ल पक्षकाे पहिलाे आइतबारदेखि यो पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभरी पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ ।

यस दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफुल आदि खाने गरिन्छ । थारु भाषामा आइतबारलाई रैब भनिन्छ ।

आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद भुलाइ चौधरी बताउछन् । यस पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कुलदेवता रिसाउने मान्यता रहिआएको छ ।

यो पर्वमा थारुहरुले बिहानै नजिकैको तलाऊ, पोखरी वा खोलामा स्नानगरी प्रकृति र कुलदेवतालाई परिकारहरु विधिवत चढाउदै प्रसादको रुपमा खाने गर्दछन् । तर यो वर्ष भने कोरोना महामारीका कारण आफ्नै घरमा बसेर पर्व मनाईदै छ ।

यसैगरी धार्मिक मान्यता अनुसार बाल–बच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा वृद्धिको लागि समयमा वर्षा होस्, बाली–नालीमा रोग–व्याधी नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाइने चलन रहदै आएको छ ।

यस्तै पश्चिमका थारुहरुले यो पर्वलाई ‘बड्का अटवारी’ भनेर मनाउने गर्छन् । यो भदौ महीनाका हरेक आइतबार अलग–अलग ठाउँहरुले आफ्नो अनुकुल पर्ने आइतबार रैब वा अटवारी मनाउने गर्छन् । यसवर्ष भदौ २७ गते शुक्ल पक्षकाे पहिलाे आइतबार पर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार