१० श्रावण २०८१, बिहीबार

पत्रकार तथा कलाकार सम्मानित



लम्की । कैलालीको लम्कीमा कार्यक्षेत्र भएका पत्रकार तथा अधिकारकर्मी धनराज विक तथा कलाकार बिस्ना बिसीलाई सम्मान गरिएको छ ।

“जसको कोही छैन, त्यसको हामी छौं” अभियान नेपालले एक कार्यक्रमबीच पत्रकार विक तथा कलाकार बिसीलाई सम्मान गर्यो । अभियानका अध्यक्ष र सामाजिक अगुवा देउकला बादीले उनीहरुलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरे ।

पत्रकार विक अनुमोदन दैनिकका लागि लम्कीका संवाददाता हुन् । उनले कर्णाली प्रदेशका रुकुम, रोल्पा, प्युठान, सुर्खेल, कैलाली लगायतका जिल्लामा मानव अधिकारको क्षेत्रमा काम गरिसकेका छन् ।

२०५८ सालदेखि माओवादी जनयुद्धमा संलग्न भएर जनकलाकारका रुपमा भूमिका निर्वाह गर्दै आएकी बिस्नाले जातीय विभेद विरुद्ध विद्रोह गर्दै अन्तरजातीय विवाह गरेकी थिइन् ।

अभियानका महासचिव हर्क बिष्टले भने– सामाजिक विभेद विरुद्ध आफैंबाट उदहारणीय काम गरेकी बिस्ना वास्तव मै सम्मानको पात्र हुन् ।

कार्यक्रममा शिक्षा क्षेत्रमा काम गर्ने बापत प्रतापसिंह थापा र व्यवसायी रुपमा अन्टुलाल चौधरीलाई पनि सम्मान गरियो ।

सो अवसरमा सहभोज कार्यक्रम पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार