घरबगैँचा व्यवस्थापन सम्वन्धि ३ दिने तालिम सम्पन्न
धनगढी । दलित महिला अधिकार मंच नेपालको आयोजनामा घरबगैँचा व्यवस्थापन सम्वन्धि तीन दिने तालिम आईतबार धनगढीमा सम्पन्न भएको छ ।
डि.सि.ए.को आर्थिक सहयोगमा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित आधार परियोजना अन्र्तगत पारिवारिक पोषण तथा स्वास्थ्यमा सुधार ल्याउनुका साथै आयआर्जनमा वृद्धि गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको हो ।
तीन दिन सम्म संचालन हुने उक्त तालिममा घरबगैचाको आवश्यकता र महत्व, पारिवारिक पोषण, स्वास्थ्य, खाद्यसुरक्षा लगायतका विषयमा लिबर्डका परियोजना संयोजक ईन्द्रेश्वर मण्डल र पारिवारिक पोषण सम्वन्धि विषयवस्तुमा सुआहार परियोजनाका प्रदेश कृषि संयोजक कुल प्रसाद सुवेदीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा डि.सि.ए.का व्यवसाय तथा बजार प्रवद्र्धन विज्ञ सुर्य रिजालको पनि सहभागीता रहेको थियोे । तालिम समापन कार्यक्रममा दलित महिला अधिकार मंच, नेपालकी अध्यक्ष सावित्रा घिमिरेले सहभागीको तर्फबाट धना महरा, ईन्द्रा चौधरी, लिबर्डका परियोजना संयोजक ईन्द्रेश्वर मण्डलले मन्तव्य व्यक्त गरेका थिए ।
दलित महिला अधिकार मंच नेपालकी अध्यक्ष सावित्रा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका राजेन्द्र रैकाले संचालन गरेका थिए ।