७ जेष्ठ २०८१, सोमबार

पैसाको प्रलोभनामा प्रहरीले जुवाडेलाई भगाएको घटनाः वरिष्ठ प्रहरी उपरीक्षकको टोलीले छानबिन गर्दै



धनगढी । जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश अनुसन्धान समुह (आरआईटी) को संयुक्त टोलीले छापा मारेर पैसाको प्रलोभनमा परि जुवाडेलाई भगाएको घटनाको छानबिन वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समितिले गर्न थालेकाे छ। नेपाल प्रहरी केन्द्रीय बिभागको निर्देशनमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख नेपाल प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले उच्चस्तरीय छानबिन समिति गठन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दले बताएका छन्। 

वरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा प्रहरी उपरीक्षक दिलिप देउवा र प्रहरी निरीक्षक हिक्मत वोहरा सदस्य रहेको छानबिन समितिले छानविन गर्न थालेकाे प्रवक्ता चन्दले बताए। ‘वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वको छानबिन समितिले घटनाको छानबिन गरेर एक सातामा प्रतिबेदन बुझाउने छ’, उनले भने, ‘घटनाको छानबिन सुरु गरिसकेको छानबिन छ ।’

प्रहरीले ठूलो जुवा भैरहेको सूचना पाएपछि छापा मारेर पैसाको प्रलोभनमा परि जुगाडे भगाएर गुपचुप राखेको घटनाको थियाे । समाचार माध्यमबाट घटना सार्वजनिक भएपछि स्थानीयको चर्को विरोध र प्रहरीको केन्द्रीय बिभागमा चासोका कारण भगाईएका ४ जना जुवाडे र होटल संचालकलाई प्रहरीले पक्राउ गरेको छ । 

सूचना पाएर छापा मार्न गएको प्रहरी टोलीले एक जनालाई पनि पक्राउ नगर्नुमा प्रहरीको टोलीको त्रुटी रहेको एक प्रहरीका उच्च अधिकारीले बताएका छन्। ‘जुवाडे भगाउनमा छापा मार्न गएको टोलीको मात्र त्रुटी हो वा प्रहरी टोली पठाउने प्रहरी अधिकारीको पनि संलग्नता छ कि भनेर छानबिन टोलीले छानबिन गर्ने छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार