३० भाद्र २०८१, आईतवार

रानीजरुवा सामुदायिक बनको सातौं साधारण सभा सम्पन्न



बौनिया । बर्दगोरिया गाउपालिका वडा नम्बर ३ रानिकुण्डामा अवस्थित रानिजरुवा सामुदायिक बन उपभोक्ता समुहको सातौं वार्षिक साधारण सभा शुक्रबार भएको छ ।

सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष लाल सिंह बिकको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका अध्यक्ष बलिराम डगौरा थारु रहेका थिए भने बिशिस्ट अतिथिमा वडा नम्बर ३ का अध्यक्ष करने सुनार रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बलिराम डगौरा थारुले बनले समुदायलाई फाईदा पुग्ने हुदा बन जोगाउन आवस्यक रहेको बताए। अध्यक्ष थारुले बन समितीले आर्थिक पारदर्शीताका संगै उपभोक्ता हरुलाई सस्तोमा काठ दाउरा उपलब्ध गराउनु पर्ने बताए।

सामुदायिक बनका लेखा समिती संयोजक नवराज टमट्टाले आर्थिक वर्ष २०७६/०७७ को ५७ लाख १४ ह्जार ५ सय ८४ र आर्थिक बर्ष २०७७/०७८ को ३३ लाख ११ हजार ९ सय ३७ रुपैयाँ बराबरको आय ब्यय प्रस्तुत गरेका थिए ।

सामुदायिक बनका उपाध्यक्ष भिम बहादुर बुढाले स्वागत गरेको कार्यक्रममा बर्दगोरिया गाउपालिका न्यायीक समिती सदस्य टंक राज ओलि, तुल्सिपुर सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष पुस्कल बम, सब डिभिजन बन कार्यालय बौनियाका प्रमुख कृष्ण बोहरा लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन टिकारम साउदले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार