२ जेष्ठ २०८१, बुधबार

१३ जनामा संक्रमण पुष्टि,५ जना कोरोनामुक्त



धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२४ नमूनाको परीक्षण गर्दा कैलालीका १ जना र अन्य जिल्लाका १२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हाल अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १० जना आइसियूमा, १ जना अक्सिजन सपोर्टमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट कोरोनामुक्त भएर ५ जना घर फर्किएका र १ जना अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टायता कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार