मुख्यमन्त्री भट्टले विश्वासको मत पाए

धनगढी / सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत पाएका छन् । उनले ३० मत पाए । भने विपक्षमा नौ मत परेको छ ।
उनको पक्षमा उनकै दल नेकपा माओबादी केन्द्रका १३ र एमालेका १७ परेको हो । नेपाली कांग्रेसका १२ जना तटस्थ रहे ।
मुख्यमन्त्री भट्टलाई एमालेका केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षका एमालेका ७ र राजपाका २ जनाले मत दिएनन् । हाल ५२ सदस्यीय प्रदेश सभामा एमालेका सभामुख सहित २५ जना प्रदेश सभा सदस्य छन । सभामुखले मतदानमा भाग लिएनन् ।
तीन वर्ष तीन महिना अघि २०७४ मा एमाले र माओवादीका ३९ जना प्रदेश सभाका सदस्य समर्थनमा उनी मुख्यमन्त्री भएका थिए ।