१५ बैशाख २०८१, शनिबार

भेरी अस्पतालमा खाजा बैंक



धनगढी । भेरी अस्पताल नेपालगञ्जमा निशुल्क स्वास्थ्य सेवा तथा अग्रानिक खाजाका लागि खाजा बैंक सञ्चालनमा ल्याइएको छ । रारा मानवीय तथा स्रोत बिकास प्रयास (रेरी बाँके)को आयोजनामा अस्पतालमा उपचाररत कोभिड संक्रमित बिरामी तथा कुरुवालाई ध्यानमा राखेर आइतबारदेखि सो सेवा सुरु गरिएको हो ।

सो अभियानमा विभिन्न संघसंस्था, दातृनिकाय, तथा बैयक्तिगत रुपमा साथ सहयोगको अपेक्षा पनि गरेको यस संस्थाका कार्यक्रम संयोजक मनोज पौडेलले जानकारी दिए।

रेरी बाँकेले कोभिड महामारीको पहिलो चरण देखि नै यस विषम परिस्थिति सङ्ग जुध्न स्वास्थ्य सामाग्री वितरण, अलपत्र परेकालाई खाना तथा यातायात, बिपन्नलाई रासन, स्वास्थ्य संस्थामा जनशक्ति सहयोग तथा व्यवस्थापन गर्दै आईरहेको जनाइएको छ ।

यस्तै, भेरी अस्पतालको समन्वयमा तिन जना सरसफाइ कर्मचारी र एक जना स्वास्थ्य–स्वयंसेवक कारितास जर्मन र कारितास नेपालको साझेदारीमा नियुक्त गरिएको जनाइएको छ ।

कोभिड–१९ संग लड्न बाँके लगायत दाङ्ग, सल्यान, बर्दिया र कैलाली जिल्लाका केही सामुदायिक तथा सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री बितरणको योजना रहेको यश संस्थाका अध्यक्ष पुनित बिक्रम शाहले जानकारी दिए।

रेरी बाँके करिब २० बर्ष देखि पश्चिम नेपालमा मानवीय संसाधन बिकास, अपाङ्ग हकहित, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, जिबिकोपार्जन तथा जनस्वास्थ्य सुधारको क्षेत्रमा एक अग्रणी संस्थाको रुपमा परिचित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार