११ श्रावण २०८१, शुक्रबार

प्रमुख सचेतकबाट हटाउदा जानकारी दिइएन : लामा




धनगढी / नेकपा (एमाले) को प्रदेश सभाको प्रमुख सचेतकबाट तारा लामा तामाङलाई सल्लाह नगरेरै हटाइएको पाइएको छ ।

मलाई किन हटाइयो थाहा नै छैन तामाङले बताए । प्रदेश सभाका एक कर्मचारीले भनेपछि आफू प्रमुख सचेतकबाट हटेको थाहा पाएको उनले बताए ।

दलका नेता प्रकाशबहादुर शाहले सो बारेमा आफूसित कुनै सल्लाह नगरेको उनले बताए ।

तामाङ पनि एमाले भित्रकै माधव नेपाल समूहको मानिन्छन् ।

स्रोतका अनुसार विस्तार हुँदै गरेको मन्त्रीमण्डलमा मन्त्री हुन नमानेपछि प्रमुख सचेतकबाट तामाङलाई हटाइएको हो ।
मन्त्री मण्डलमा सामेल हुन नमान्नु भएको हो भन्ने प्रश्नमा भने उनले बोल्न मानेनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार