२१ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम एमाले संसदीय दलको बैठक आज बस्दै



धनगढी । माधव नेपाल पक्षमै एक मत हुन नसकेपछि मंगलबार दुई पटकसम्म स्थगित भएको एमाले संसदीय दलको बैठक बुधबार बिहान पुन बस्दैछ ।

मंगलबार बिहान संसदीय दलको नेता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले आफ्नो पक्षका सांसदहरूलाई छलफलका लागि बोलाएका थिए ।

मंगलबार विहान ८ बजे दलको कार्यालय पुगेका केही सांसदहरू दलको नेता नै नआएपछि अनौपचारिक छलफल गरेर बाहिरिएका थिए । १२ बजेपछि पनि बैठक बसेन । आज बुधबार बिहान सवा ८ मा सांसदहरूलाई दलको कार्यालय बोलाइएको छ ।

मंगलबार नेपाल पक्षका सांसदहरूलाई मात्रै खबर गरिएको थियो भने वुधबार ओली पक्षका सांसदहरूलाई पनि खबर पुगेको छ । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार