२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिममा २४ घण्टामा ३१ जनाको मृत्यु



धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३१ जनाको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालका अनुसार एन्टीजेनबाट कोरोना संक्रमण देखिएका १९ जना र पिसिआर परिक्षणबाट कोरोना संक्रमण पुष्टि भएका १२ जना गरि थप ३१ जनाको मृत्यु भएको हो ।

योसंगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ५६ पुगेको छ । प्रदेशमा एन्टीजेनबाट संक्रमण पुष्टि भएका एक सय १५ जना र पिसिआर परिक्षणबाट संक्रमण पुष्टि भएका एक सय ४१ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुने सबैभन्दा बढी कैलालीमा रहेको छ । हालसम्म कैलालीमा ७३, कञ्चनपुरमा ३९, बैतडीमा आठ, डडेल्धुरामा पाँच, अछाम, डोटीमा चार/चार, बझाङमा तीन, दार्चुला र बाजुरामा दुई/दुई तथा अन्य जिल्लाको एक जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार