१० श्रावण २०८१, बिहीबार

पूर्व सञ्चार राज्यमन्त्री ओझालाई पितृ शोक




धनगढी/ पूर्व सञ्चार राज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता पुस्करनाथ ओझालाई पितृ शोक परेको छ ।

पूर्व सञ्चार राज्यमन्त्री ओझाका ८५ वर्षीय बुवा मुक्तीनाथ ओझाको शनिबार साँझ कैलालीको धनगढी उपमहानगरपालिका–५ स्थित तारानगर टोलको घरमा निधन भएको हो ।

उनलाई दमरोगले लामो समयदेखि च्याप्दै आएको बताइएको छ । ओझा परिवारका अनुसार आइतबार मात्रै मृतकको दाहसंकार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार