१० श्रावण २०८१, बिहीबार

मन्त्रीले सदनमा उठेका जवाफ दिएनन



धनगढी । ‘युवा स्वरोजगार कोषको काम भित्र–भित्रै गरिएको छ । यसबारे सदनलाई जानकारी गराइयोस’ सातौं अधिवेशनको आठौं बैठकमा प्रदेश सभा सदस्य महेशदत्त जोशीले यसप्रति जवाफ माग गरेका थिए । साथै उनले कोष भित्र–भित्रै वितरण गरिएको प्रति निष्पक्ष छानविन गर्न पनि माग गरेका थिए ।

बिहिबार बसेको प्रदेश सभाको सातौं अधिवेशनको १२ औं बैठकमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मन्त्रालयको गतिविधी र सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूचि रहेको थियो । ध्यानसंग सुनिरहेका प्रदेश सभा सदस्यहरुले भने मन्त्रीबाट सदनमा उठेका प्रश्नहरुको जवाफ पाएनन ।

जवाफ नपाएपछि १३ औं बैठकमा दफावार छलफलमा भाग लिएका प्रदेश सभा सदस्य जोशीले पुन सदनको ध्यानाकर्षण गरे । उनले भने –‘माननीय सभामुख ज्यू यो सम्मानित सदनबाट पटक–पटक ध्यानाकर्षण गरिएको छ । यहाँ मन्त्रीहरु त सहभागि हुन्छन तर, मन्त्रालयका कुनै पनि कर्मचारी देखिदैन । सदनमा मन्त्रालयका गतिविधीबारे पनि प्रश्न आउँछन त्यसको टिपोट कसले गर्छ र हामीले चित्तबुझ्दो जवाफ पनि पाउँदैनौं ।’ उनले सभामुखलाई कर्मचारीको उपस्थित गराउन भनि रुलिङ गर्न पुनः अनुरोध गरे ।

सातौ अधिवेशनको सातौं बैठकमा प्रदेश सभा सदस्य दुर्गा कामीले भनेकी थिइन– “कोरोनाका कारण विदेशबाट फर्केकाहरूलाई प्रदेश सरकारले स्वदेशमै रोजगारीको व्यवस्था गर्छु भनेको थियो । सरकारले राहतका प्याकेज पनि ल्याएको छ, तर अहिलेसम्म त्यो प्याकेजहरू कार्यान्वयन नहुदा विदेशबाट फर्केका मानिसहरू पुनः विदेश जान बाध्य भएका छन् ।
यसको जवाफ पनि मन्त्रीले सम्बोधनका क्रममा जानकारी दिएनन् । प्रदेश सभामा पटक–पटक प्रदेश सभा सदस्यहरुले प्रदेशमा रहेका सामाजिक कुरिति, विकृति, छुवाछुत, छाउपडी प्रथा लगायतका कुप्रथा हटाउनका लागि ‘सबै खाले प्रकारका विभेद अन्त्य गर्न विधेयक’ ल्याउन माग गरिरहेका थिए । तर, यसबारे पनि मन्त्री सुवेदीले कुनै प्रतिक्रिया दिएनन ।

मन्त्री सुवेदीले मन्त्रालयको प्रगति, चालु अवस्थामा रहेका कार्यक्रम र मन्त्रालयले कोरोना नियन्त्रण, व्यवस्थापन लगायतमा गरेका कामबारे सदनमा जानकारी गराएका थिए । मन्त्री सुवेदीले भने –‘मन्त्रालयले आर्थिक सुशासन, पारदर्शितासहित प्रदेशको शिक्षा, स्वास्थ्य, खेलकुद लगायतमा सुधार ल्याउन विभिन्न गतिविधि गरिरहेको छ ।’

सम्बन्धीत– प्रदेश लोक सेवा आयोगसम्बन्धी विधेयक दोस्रो पटक संशोधन

प्रदेश सभामा सामाजिक विकास मन्त्रीको प्रस्टीकरण

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार