१ जेष्ठ २०८१, मंगलवार

शैक्षिक शुल्क बृद्धिको विरोधमा विद्यार्थी संगठनहरू



धनगढी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न संकायमा शैक्षिक शुल्क वृद्धि गरेपछि पाच विद्यार्थी संगठनले विरोध जनाएका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि विभिन्न संकायमा शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरु विरोधमा उत्रिएका छन् ।

नेकपा एमालेनिकट अनेरास्ववियु, नेपाली कांग्रेसनिकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा विप्लवनिकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चानिकट अखिल छैठौंले आयतबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै शैक्षिक शुल्क बृद्धिबारे ध्यानाकर्षण गराएका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ– सरकारको पूर्ण लगानीमा सञ्चालित विश्वविद्यालयले चर्को शुल्क निर्धारण गर्नुका साथै परीक्षा शुल्क वृद्धि गरेर विद्यार्थीलाई मारमा पारेको छ ।

‘सुदूरका जनताका छोराछोरीले सहज, सहुलियत र गुणस्तरीय शिक्षा पाउनुपर्ने ठाउ“मा विभिन्न बहानामा गरिएको चर्को शुल्क वृद्धिले गरिब जनताका छोराछोरीको उच्च शिक्षा हासिल गर्ने सपनामाथि तुषारापात गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ– कोरोनाका कारणले आर्थिक रूपमा ग्रसित अभिभावकको ढाड सेक्ने कार्य गरिनु निन्दनीय छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार