१६ बैशाख २०८१, आईतवार

लेखराज भट्ट दलालका पनि दलाल : प्रचण्ड




धनगढी / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पटकपटक मन्त्री बनाएको र सुदूरपश्चिम प्रदेशको नायक भनेको मान्छे दलालको दलाल भएको बताएका छन् ।

उनले भट्टको नामै नलिएर सुदूरपश्चिमका साथीहरुको दलालको भण्डाफोर गर्न थालेकोले खुसी लागेको बताए । उनले भने प्रधानमन्त्री ओली दलाल हुन त्यसैले उनी दलालका पनि दलाल भएका छन् ।

नेता प्रचण्डले प्रतिनिधि सभा विघटन नभएको बताउदै केपी ओली सरकार विघटन भएको चर्चा गरे । उनले भने प्रतिनिधि सभाको विघटन गरिएको बारे सर्वोच्च अदालतमा मुद्धा चलेकोले आफूहरुले संसद नचलाएको बताए ।

उनले भने अदालतमा यो मुद्धा नभएको भए हामी दुई तिहाइबाट ओलीलाई हटाइ सक्थ्यौ । उनले अदालतले संविधानको मर्म बुझ्ने विश्वास पनि व्यक्त गरे ।

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले भने केपी ओली आफ्नै वुद्धी र आफैले आफैलाई खलनायक बनाएको बताए । ओली खलनायक भएको भन्नु पर्दा आफूलाई दुःख लागेको बताए ।

उनले प्रधानमन्त्रीमा समर्थन गर्छु भनेपछि मात्र चुनावी एकता गर्न ओली तयार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार