१३ बैशाख २०८१, बिहीबार

भगौडा (प्रचण्ड-माधव) का कुरा नुसुन्नुहोला : प्रधानमन्त्री ओली



नाम नलिएरै भीम रावलका विरुद्ध खनिए प्रधानमन्त्री


धनगढी / प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड – माधवलाई भगौडा भनेका छन् ।

धनगढीमा आयोजित सो पार्टीको प्रदेश भेलालाई सम्वोधन गर्दे प्रधानमन्त्री ओलीले प्रचण्ड माधवलाई पार्टी छोडेर गएका भगौडा भनेका हुन । उनले भने ती भगौडाको कुरा नसुन्नु होला ।

उनले प्रचण्ड माधवलाई निचोरिएर गएको पिलोसम्म भने । उनले थपे पिलो निचोरिएर जाँदैमा शरीरको तौल घट्दैन ।

उनले प्रतिनिधि सभा संविधान अनुसार नै विघटन भएको दावी गर्दै निर्धारत समयमै चुनाव हुने बताए । उनले भने अव दुःख दिनेलाई गाउँमै हराएर पठाउनु होला नत्र फेरि माथि गएर दुख दिन्छन् ।
तर आफूले हस्ताक्षर गरेर पठाएकोलाई जिताउन पनि उनले आग्रह गरे ।

तपाईहरु बुझ्नु हुन्छ भन्दै उनले प्रचण्ड माधव समूहका नेता भीम रावलको उछितो काटेका प्रधानमन्त्री ओलीले भने प्रहरीले सडकबाट समातेर जेल ल्याएका अछामको एक केटोलाई आफूले राजनीतिकरण गरेको दावी गरे ।

उनले भने मन्त्री दिए केपी ओली ठिक भने मन्त्री दिएन विरोध गर्न थाले । गत चुनावपछि उनले मन्त्री मागेका थिए मैले तपाई कति आफै हुने अरुको नाम दिनुस भन्दा उनी रिसाएर हिँडे । उनले वैज्ञानिक वनका नाममा रुख काटेर खाने योजना पनि असफल भएको पनि बताए ।

लामो समय रावलमाथि खनिन विताएका ओलीले अगाडि भने अव सुदूरपश्चिमको विकासको बाधक बाहिरिएका छन् अव विकास हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार