४ जेष्ठ २०८१, शुक्रबार

सात लाख बढीको अवैध सामग्री बरामद



धनगढी । सशस्त्र प्रहरी बलले कैलालीको धनगढीमा साढे सात लाख बढिको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, बिओपी बंगराकटानको गस्ती टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ९ को गौरीकटानबाट अवैध सामान बरामद गरेको जनाइएको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीले धनगढीबाट अवैध रुपमा ल्याउ“दै गरेका लत्ताकपडा बरामद गरेको जनाएको छ । सो सामग्रीको मुल्य सात लाख ६० हजार आठ सय रुपैया रहेको जनाइएको छ ।
त्यस्तै, सशस्त्र प्रहरी बल नम्बर ३४ कै मातहतको बिओपीबाट खटिएको टोलीले कैलारी गाउ“पालिका वडा नम्बर ३ को ग्रोबेला घाटबाट भन्सार छलेर भित्राएको ६४ हजार रुपैया“ बराबरको सामान बरामद गरेको छ ।
भन्सार छलेर ल्याउ“दै गरेको साईकलका विभिन्न पार्टस तथा सुर्तीजन्य सामग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सबै सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीलाई बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार