१२ श्रावण २०८१, शनिबार

नदी कटानले वस्ती जोखिममा



सुखड । लालीको घोडाघोडी नगरपालिका भएर बग्ने कान्द्रा नदीको कटानले बस्ती जोखिममा रहेको छ ।

कान्द्रा नदीले बर्षेनी कटान गर्दा नदी छेउमा रहेको बस्ती नै विस्थापित भएका छन् ।
घोडाघोडी नगरपालिका वडा नम्बर ५ फारममा कान्द्रा नदीले तीव्र रूपमा कटान गर्न थालेको स्थानीयले बताएका छन् ।
जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको अध्ययनअनुसार मोहना, कान्द्रा, पथरैया, का“डा, खुटिया, गौरीगंगा लगायत ठूला नदीमा कटान र डुबानको समस्या बढ्दै गएको छ ।
डिभिजन प्रमुख डम्बर धितालले पर्याप्त बजेटको अभावका कारण नदी नियन्त्रण सम्बन्धी काम प्रभावकारी हुन नसकेको बताए । उनले गत आर्थिक वर्ष २०७६÷७७ मा कान्द्रा नदी नियन्त्रणका लागि बोलपत्र आह्वान गरिएकामा कोरोनाको समस्याका कारण थप काम अघि बढ्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार