२३ बैशाख २०८१, आईतवार

पारिश्रमिक बढाएको होइन मिलान गरेको : मन्त्री शाह




धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकारले सेवा सुविधा बढाएको होइन मिलान गरेको बताएका छन् ।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै उनले भने मुख्यमन्त्री र मन्त्री लगायतको नयाँ सेवा सुविधा संघीय सरकारले अघिल्लो आर्थिक वर्षमै पठाएको थियो त्यतिवेला मिलान गरिएन अहिले गरियो ।

मन्त्री शाहले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा ५७ करोड भन्दा बढी बजेट खर्च गरेको बताए ।

उनका अनुसार प्रदेश सरकारकाले सरकारले खडा गरेको कोरोनाको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोषबाट ४२ करोड ४८ लाख र प्रदेश मन्त्रीपरिषदको निर्णयमा थप १५ करोड गरि करिब ५७ करोड ४८ लाख खर्च भएको छ ।

सुदूरपश्चिम प्रदेशको गत चैत ११ गतेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा कोभिड‐१९ को रोकथाम, जोखिम न्यूनिकरण, क्वारेन्टिन तथा आपतकालिन व्यवस्थापननका लागि दुई करोड ९९ लाख विनियोजन गरेको थियो ।

उनले भने उप–महानगरपालिकालाई पाँच, नगरपालिकालाई चार तथा गाउँपालिकाहरुलाई तीन लाखका दरले अनुदान दिइएको छ ।

मन्त्री शाहले तीन चरणमा स्थानीय तहलाई रकम दिएको बताउदै प्रदेशको मन्त्रीपरिषद बैठकले चैत २७ गते मात्र कोरोना भाइरस रोगको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको पनि स्मरण गरे ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि खडा गरिएको कोषमा सरकारको ४० करोड समेत गरेर ४२ करोड ५७ लाख रकम जम्मा भएको थियो ।

हाम्रो प्रदेशमा जस्तो अरु प्रदेशमा भारतबाट नेपाली आएनन् हामीले राम्रो व्यवस्थापन गरेका छौ उनले दावी गरे । कोरोना शुरु भएपछि दुई लाख ४५ हजार जना नेपाली भारतबाट आएको मन्त्री शाहले बताए ।

फरक प्रसंगमा उनले कालापानी क्षेत्रका जनताको सुरक्षा र जीविकोपार्जनका लागि प्रदेश सरकारले पाँच करोड छुट्टाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार