१६ बैशाख २०८१, आईतवार

स्थानीय तहलाई याक नेपालको सुझाव



टीकापुर । परिवर्तनका लागि कार्यरत युवा समुह नेपाल (याक नेपाल) ले यहाका स्थानीय तहलाई पोषण तथा खाद्य सुरक्षा योजना निर्माण र कार्यान्वयन गर्न सुझाव दिएको छ ।

कैलालीका सबै स्थानीय तहलाई याक नेपालले सुझाव पत्र पेश गरेको हो ।


स्थानीय सरकारको आर्थिक वर्ष २०७७÷०७८ को योजना तर्जुमा प्रक्रिया सुरु भइसकेको र कोभिड १९ कारण खाद्य संकट हुन सक्ने सम्भावना भएकोले खाद्य अधिकार तथा खाद्य संप्रभुता सम्बन्धी ऐन २०७५ को दफा ३६ बमोजिमको स्थानीय खाद्य समन्वय समिति गठन गर्नुपर्ने प्रावधानलाई समावेश गर्न सुझाव दिएको हो ।


स्थानीय सरकारका नीति तथा कार्यक्रमले नै नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष असर पार्ने हुदा आगामी दिनमा उत्पन्न हुन सक्ने आर्थिक तथा खाद्य संकटलाई सम्बोधन गरी मानिसको बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न आव २०७७÷०७८ को नीति तथा कार्यक्रममा पोषण तथा खाद्य सुरक्षा योजना र कार्यान्वयनका लागि सुझाव दिइएको संस्थाका कार्यकारी निर्देशक डबल बमले बताए ।


उनले भने,‘कोरोना भाइरसका कारण बैदेशिक रोजगारमा रहेका फर्केका र बैदेशिक रोजगारीबाट आउने विप्रेषण बन्द भएको छ । यसले खाद्य उत्पादन बढाउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । त्यसैले स्थानीय सरकारले बेलैमा नीति बनाइ कार्यान्वयनतर्फ लाग्न जरुरी छ ।’


कृषि उत्पादन बढाऔं, खाद्यान्नमा आत्म निर्भरु बनौ जस्ता कार्यक्रम ल्याएर किसानको उत्पादनको स्रोत र सेवा माथिको पहुचलाई सुनिश्चित गर्ने नीति समावेश गर्न जरुरी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार