१६ बैशाख २०८१, आईतवार

नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलद्वारा सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र



धनगढी । कोभिड-१९ नियन्त्रणका लागि सरकारले प्रभावकारी ढंगबाट काम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिमका मुख्यमन्त्री चिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको छ । 

काँग्रेसले देशभरीबाटै ज्ञापन पत्र बुझाउने क्रममा मंगलबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले ज्ञापनपत्र बुझाएका हो । कोरोना नियन्त्रण र रोकथाममा सरकार असफल भएको निष्कर्ष निकाल्दै कांग्रेसले सडकबाटै सरकारलाई खबरदारी गर्न लागेको हो ।
सरकारको गैरजिम्मेवारीपन, अकर्मण्यता, असक्षमताले देशभरि संक्रमण फैलिएको निष्कर्ष निकाल्दै कांग्रेसले पार्टीका सबै तह र निकायबाट विशेष ज्ञापनपत्र बझाएको सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले बताए ।

मुलुक रोग र भोकबाट फसिरहेका बेला पनि स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको ठहर कांग्रेसले गरेको छ । सामाजिक दूरी कायम राख्दै कांग्रेसले मंगलबार मुख्यमन्त्री मार्फत  रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बझाएको नेता रावलले बताए । 

‘कोरोना नियन्त्रण गर्न सरकार असफल भयो । नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता रावलले भने– ‘सरकार विगतका गल्ती सच्याएर अघि बढेर कोरोना नियन्त्रण तर्फ ध्यान देओस् ।’ 

अहिले पनि आरडिटी बन्द गरी आवश्यक स्वास्थ्य सामग्री र दक्ष जनशक्तिको उचित व्यवस्थापन गर्दै पिसिआर परीक्षणलाई व्यापक रूपमा विस्तार गर्न माग गर्दै असुरक्षित क्वारेन्टाइन बन्द गरी सुरक्षित र मापदण्ड अनुकूलको व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरेको छ । खाद्यान्न र न्यूनतम आम्दानीको अभावबाट गुज्रिरहेका आमश्रमिक, दैनिक ज्यालादारीमा निर्भर श्रमिक, सहर केन्द्रीत स्थानहरूमा डेरा गरी बसेका विद्यार्थी, एकल महिला, अपांगता र अशक्त नागरिक, बालबालिका तथा ज्येष्ठ नागरिक तथा आमनागरिकको न्यूनतम आवश्यकता पूर्ति गर्न जीवन निर्वाह गर्ने आर्थिक प्याकेजको व्यबस्थाको समेत काँग्रेसले माग गरेको छ । 

ज्ञापन पत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेश कोबिट १९को जोखिम भएकोले सरकार तदारुपताका साथ काममा अगाढी बढिरहेको बताए । पिसिआर मेसिन खरिद गर्ने प्रकृयामा बढाईसकेको बताउदै मुख्यमन्त्री भट्टले क्वारेन्टाईन पनि व्यबस्थीत बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार