१६ बैशाख २०८१, आईतवार

कालापानी क्षेत्रमा सशस्त्रले गस्ती बढायो



दार्चुला । सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा गस्ती बढाएको छ । नेपाल, भारत र चीनको त्रिदेशीय सिमानाकाका रुपमा रहेको सो क्षेत्रमा सशस्त्रले नियमित रुपमा पैदल गस्ती गरिरहेको जनाइएको छ ।

दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ छाङ्रु (गागा) सीमा निगरानी चौकी (बिओपी) स्थापना भएसंगै सुरक्षाकर्मीहरूले कालापानीको सेतो पुलसम्म नियमित गस्ती गर्न थालेका छन् । छाङ्रुबाट कालापानीको दुरी १४ किलोमिटर छ ।

दार्चुलाको सदरमुकाम खलंगाबाट छाङ्रु ८० किलोमिटर र छाङरुबाट गुञ्जी दोभानको दुरी १० किलोमिटर रहेको छ । भने गुञ्जीबाट लिपुलेक १७ किलोमिटर टाढा रहेको छ ।

नेपाल सरकारले भारतले अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतको भूमिलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरिसकेको छ । सो नकलाई समेटेर बनाइएको निसान छापलाई प्रतिनिधि सभाको गत ३१ गतेको बैठकले नेपालको संविधान संशोधनको विधेयकलाई सर्वसम्मतरुपमा पारित गरिसकेको छ ।

भारतले महाकाली नदीको किनारै किनार सडक बनाएर गुञ्जीबाट कालापानी हुँदै लिपुभञ्जाङसम्म पु¥याएपछि नेपालले कूटनीतिक नोटमार्फत गम्भीर असहमति जनाइसकेको छ । चीनको मानसरोवर जोड्न भारतले नेपालको भूमि अतिक्रमण गरेर सडक बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार