४ जेष्ठ २०८१, शुक्रबार

कर्मचारीको कोरोना विमा



टीकापुर । कैलालीको टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना कर्मचारीहरूको कोरोना विमा गरेको छ ।

संस्थाले कर्मारीहरुले शेयर सदस्यहरूमाझ काम गर्नुपर्ने भएकोले चार जना कार्यालय कर्मचारी र सात जना बजार प्रतिनिधि गरी ११ जनाको कोरोना विमा गरिएको संस्थाका सहकारीका व्यवस्थापक छबिलाल जैशीले बताए ।

सो सहकारी संस्थाका अध्यक्ष बद्रिप्रसाद भट्टराईले कोरोना संक्रमणको महामारी तथा लकडाउनमा पनि सहकारीले आफ्ना सदस्यहरूका लागि अत्यावश्यक सेवा जारी राखेको बताए ।

व्यवस्थापक जैशीले लकडाउनमा केही खुकुलो भएर बजार खुल्न थालेपछि बजार प्रतिनिधिहरूलाई मास्क, सेनिटाइजर, पञ्जा लगायत आवश्यक आधारभूत स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएर दैनिक बचत संकलनको काम अघि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार