२२ बैशाख २०८१, शनिबार

निःशुल्क औषधी वितरण



बाजुरा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले बाजुरामा क्वारेनटाइनमा बसेकालाई निशुल्क औषधि बितरण गरेको छ ।

बुधवार बाजुरा क्याम्पसमा बसेका ९५ जनालाई औषधि वितरण गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका कार्यलय प्रमुख दिक्षा भण्डारीले वताइन् ।

क्वारेनटाइनमा बसेकालाई आयुर्वेद औषधि बितरणसंगै तनाव ब्यबस्थापन, मनोवल गराउन योग सम्बन्धि जानकारी तथा योग गराईएको कार्यलयले जनाएको छ ।

औषधि बितरणमा बडिमालिका नगरपालिका प्रमुख पदम बडुवाल, उपप्रमुख कविता बिष्ट, वडा अध्यक्ष बिनोद विक र प्रकाश रावलको सहभागिता रहेको थियो । औषधि बितरण बडिमालिका नगरपालिकाको सहयोगमा गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले अन्य क्वारेनटाइनमा पनि शरिरमा प्रतिरक्षात्मक बढाउने औषधि बितरण तथा योग सम्बन्धि जानकारी गर्ने जनाएको छ ।

क्वारेनटाइनमा बस्दा तनाब मुक्त गर्न र त्यो सँगै शरिरमा प्रतिरक्षात्मक क्षमता बढाउनका लागि औषधि बितरण गरेको हो, यो बेला मानसिक रुपमा पनि उपचार चाहिन्छ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराकी कर्मचारी नर्मदा कुवरले वताएकी छन् । वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख पदम बढुवालले भने औषधि वितरण र योग सम्बन्धि जानकारी गर्नुले क्वारेनटाइनमा बसेकालाई ठुलो सहयोग हुने वताएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले पछिल्लो समयमा बाजुरामा उपचार सेवा प्रभाबकारी दिदै आएको छ । आयुर्वेद अस्पतालमा बाथ, अम्लपत्ति, दम, खोकी, पिनास, ग्यासट्रिक, पाइलस, छाला रोग, स्त्री रोग, उच्च रक्तचाप लगायतका रोगहरूको उपचार हुने गरेको भण्डारीले वताएकि छन् । पहिला त त्यति बिरामी आउदैनन्, थिए, अहिले प्रचार प्रसार र ब्यबस्थित गरेपछि बिरामीको संख्या बढदै गएको उनले थपिन् । साथै सुनौला हजार दिनका आमालाई दुध बढाउने औषधि र जेठ नागरिकको लागी रसायन औषधि बितरण गर्दै आएको छ । अस्पतालमा ओपिडि सेवा, पुर्व कर्म, पञ्चकर्म सेवा र औषधि बितरण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार