२२ बैशाख २०८१, शनिबार

कोरोना र क्वारेन्टाइनमा मरेकालाई क्षतिपूर्ति दिइनुपर्छ



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबार बसेको छैटौ अधिवेशनको १३ औ बैठकको शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्य पूर्णा जोशीले कोरोना सङ्क्रमण र कोरोन्टाइनमा बस्दा मृत्यु भएकालाई राहत दिइनु पर्ने माग गरेकी छन् ।

उनले कोरोना सङक्रमण भएकालाई विभेद गर्ने गरिएकोले विशेष प्याकेज ल्याएर जनताका लागि सचेतनामुलक कार्यक्रम ल्याउनु पर्ने बताइन ।

प्रदेश सभा सदस्य जोशीले अनलाइन र दूर शिक्षा विधीबाट पठन पाठन सञ्चालन गर्न पनि प्रदेश सरकारसंग आग्रह गर्नुभयो ।


अर्का प्रदेश सभा सदस्य शुशिला बुढाथोकीले पनि क्वारेन्टाइन व्यवस्थित गरिनु पर्ने, कोरोना नियन्त्रणमा लागेकालाई विषेश सेवा सुविधा दिइनु पर्ने माग राखिन ।

सो अवसरमा अछामबाट निर्वाचित प्रदेश सभा सदस्य बलबहादुर सोडारीले अछामकै बयालापाटा अस्पतालमा रोजगारी गुमेकोले आत्मदाहको प्रयास गर्दा मृत्यु भएका सिद्धार्थ आउजीको परिवारलाई राहत दिइनु पर्ने माग राखे ।

उनले आत्मदाह गर्नु पर्ने वातावरण बनाउनेहरुलाई छानविन गरेर कार्वाही गर्नुपर्ने भनाइ पनि राखे ।

प्रदेश सभा सदस्य सोडारीले बयालपाटा अस्पताललाई प्रदेश सरकार आफैले स्वामित्व लिनु पर्ने धारणा पनि राखे ।

बैठकमा धान रोप्न लगाउनु पर्ने बेला आएकोले रासायनिक मलको व्यवस्था गर्न माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार