१५ बैशाख २०८१, शनिबार

माया मेट्रो हस्पिटलद्धारा स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना बिमा



धनगढी । धनगढीको चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले आफ्ना स्वास्थ्यकर्मी र कर्मचारीहरुको कोरोना बिमा गरेको छ । अस्पतालमा कार्यरत एक सय २१ जना स्वास्थ्यकर्मी र कर्मचारीहरुकको कोरोना बिमा गरेको हो ।

सानिमा ईन्स्योरेन्स कम्पनी र माया मेट्रो हस्पिटल बीच मंगलबार सम्झौता गरिएको छ । माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावद र सानीमा जनरल ईन्स्योरेन्स कम्पनीका शाखा प्रमुख सुरज रावल  बिच बिमा सम्झौता गरिएको हो । 

धनगढीमा १० करोडभन्दा बढीको लगानीमा अत्याधुनिक सेवा सुविधा सहितको ‘माया मेट्रो’ अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा झण्डै एक बर्षदेखि दिदै आएको छ । 
धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको २५ शैय्याको अस्पतालले २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे तथा सिटीस्क्यान सेवा, आइसियु÷एनआइसियु÷पिआइसियु सेवा, वातानूकुलित क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसी लगायतको सेवा दिईरहेको माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले जानकारी दिए । अस्पतालले लकडाउनको समयमा पनि सवै सेवाहरु दिईरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार