१० श्रावण २०८१, बिहीबार

बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द



अछाम । अछामको बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालमा भर्ना भएकी गर्भवती महिलामा कोरोना भाईरस पोजेटिभ देखिएको भन्दै आकस्मिक र भर्ना भएका बिरामी बाहेकका सेवा बन्द गरिएको हो ।

उनि गर्भवतीको सम्पर्कमा धेरै स्वास्थ्यकर्मी सम्पर्कमा आएको भन्दै अस्पतालले संक्रमण फैलिन नदिन र जोखिम कम गर्न सुचना जारी गर्दै सेवा बन्द रहने जानकारी गराएको हो । साथै गर्भवती महिलाको सम्पर्कमा आएका स्वास्थ्कर्मीको पिसिआर परिक्षणका लागि सम्बन्धीत निकायमा पहल भईरहेको अस्पतालले जनाएको छ ।

शनिबार बयापाटा अस्पताल आएर सोमबार मात्रै कोहलपुर रेफर गरिएकी गर्भवती महिलामा कोरोनाको संक्रमण देखिएको हो । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार