५ कार्तिक २०८१, सोमबार

सुदूरपश्चिमको कोरोनाको अवस्था वारे भिडियो कन्फ्रेन्स



धनगढी, वैशाख ८ गते । सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जनबहादुर थापाले नौ वटै जिल्लाका जिल्ला समन्वय समितिका सभापति, प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख र स्वास्थ्य कार्यालयका प्रमुखसंग भिडियो कन्फ्रेन्स गरेर कोरोना संक्रमणको अवस्था र तयारी बारे जानकारी लिइरहेका छन् ।
प्रदेश सभा, आठ वटा जिल्ला समिति र कैलालीको टीकापुर नगरपालिकामा रहेको भिडियो कन्फ्रेन्स प्रणालीको माध्यामबाट कोरोना रोकथाममा भएका प्रयास बारे सभामुख थापाले जानकारी लिइरहेका छन् ।सो अवसरमा उपसभामुख निर्मला जोशी पनि उपस्थिति रहेको छ ।
कञ्चनपुरका जिल्ला समन्वय समितिका सभापति फैरु तामांगका अनुसार अहिलेससम्म चलिरहेको भिडियो कन्फ्रेन्स छलफलमा कोरोना रोकथाम र राहत वितरण बारे प्रायले आफ्नो कुरा राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार